एनआरएनए जापान तोचिगी क्षेत्रीय समन्वय परिषद्को अधिवेशन सम्पन्न, संयोजकमा ओम गुरुङ चयन

everest kitchen

तोचिगी, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत तोचिगी क्षेत्रीय समन्वय परिषद्को अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। लामो संवाद र रस्साकस्सीपछिको सहमतिमा प्रथम एक वर्षका लागि संयोजकमा ओम गुरुङ चयन भएका छन् भने दोश्रो एक वर्षका लागि युवराज लामा संयोजक हुने सहमति भएको छ।

नव-निर्वाचित कार्यसमिति २०२५–२०२७ यस प्रकार छ:

  • संयोजक – ओम गुरुङ

  • उप–संयोजक – विष्णुराज पाठक, आशिषबन्धु खनाल

  • महिला उप–संयोजक – सम्झना राई

  • सचिव – सुमन दुलाल

  • प्रवक्ता – प्रकाशजंग सिंह

  • सह–सचिव – नरेश अर्याल

  • कोषाध्यक्ष – राम बहादुर तामाङ

  • सह–कोषाध्यक्ष – सन्तोष तिमल्सिना

  • युवा संयोजक – आविष्कार घिमिरे

  • महिला सदस्य – महिमा गुरुङ

सदस्यहरू:

१. प्रवेश कार्की
२. कृष्ण कुमार श्रेष्ठ
३. सुभास प्रसाईँ
४. राम गुरुङ
५. हरिश वली
६. उत्तमराज गुरुङ
७. किरण सलामी मगर
८. चन्द्रप्रसाद चुडाली
९. महेन्द्र थापा
१०. दिपेश बम

यस अधिवेशनले सहमतिमा आधारित नेतृत्व चयन गरेर समावेशी र सशक्त कार्यसमिति गठन गरेको छ, जसले आगामी दुई वर्षमा प्रवासी नेपालीको हक–हित संरक्षण, सामाजिक समन्वय, र नेपाली पहिचानको प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।