एनआरएनए जापान ओकिनावा क्षेत्रीय समितिको ५औं अधिवेशन सम्पन्न, संयोजकमा सुबास गुरुङ सर्वसम्मत चयन

everest kitchen

ओकिनावा, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत ओकिनावा क्षेत्रीय समितिको ५औं अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि सुबास गुरुङलाई संयोजक पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमिति यसप्रकार रहेका छन्:

  • संयोजक: सुबास गुरुङ

  • उपसंयोजकहरू: सुभाष थापा, प्रकाश जङ्ग तामाङ, विकास सुबेदी

  • सचिव: नवराज पुन मगर

  • सह–सचिव: सुजन कार्की

  • कोषाध्यक्ष: मनोज कुमार शाह

  • सह–कोषाध्यक्ष: बाशुदेव पौडेल

  • युवा संयोजक: प्रकाश खड्का

  • सदस्यहरू:

    • ईश्वर छत्कुलि

    • नवराज तिमल्सिना

    • सुशन कार्की

नव-निर्वाचित कार्यसमितिले ओकिनावामा रहेका नेपालीहरूको हकहित संरक्षण, सामाजिक समावेशिता, आपसी एकता, तथा नेपाली भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने दृढ प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी, स्थानीय नेपाली समाजका अगुवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।