एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतीश पराजुलीको उम्मेदवारी घोषणा

everest kitchen

डब्लिन, आयरल्याण्ड – आगामी गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्याण्डको निर्वाचन (कार्यकाल २०२५–२०२७) का लागि सतीश पराजुलीले कार्यकारी सदस्य (Executive Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली समुदायको सेवा गर्ने उद्देश्यका साथ पराजुलीले आफू ईमानदारी, पारदर्शिता र समर्पणका साथ समुदायको हितमा काम गर्न प्रतिबद्ध रहेको जनाएका छन्। उनले समस्त आयरल्यान्डवासी नेपाली समुदायको साथ, सुझाव र अमूल्य समर्थनको आग्रह गर्दै भनेका छन्: “तपाईंहरूको विश्वास र साथले मलाई नेपाली समुदायको हितमा थप प्रभावकारी रूपमा काम गर्न प्रेरणा दिनेछ। आउनुहोस्, हामी सबै मिलेर एकता, सम्मान र समृद्धिको दिशामा अघि बढौं।”

पराजुलीले यस अभियानमा सम्पूर्ण नेपाली समुदायको समर्थनको अपेक्षा गर्दै, संस्थागत विकास, युवा सहभागिता, र सामाजिक एकताको प्रवर्द्धनमा जोड दिने योजना रहेको बताएका छन्।