एनआरएनए मेरील्याण्ड च्याप्टरको सचिव पदमा हरिचन्द्र रावतको उम्मेदवारी घोषणा

everest kitchen

मेरील्याण्ड, अमेरिका – गैर-आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत मेरील्याण्ड च्याप्टरको सचिव पदका लागि हरिचन्द्र रावतले उम्मेदवारी घोषणा गरेका छन्।

समुदायमा लामो समयदेखि सक्रिय र समर्पित व्यक्तित्वको रूपमा परिचित रावतले नेपालीहरूबीच एकता, पारदर्शिता र समावेशी सहभागितालाई प्राथमिकतामा राख्दै सचिव पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले भने, “समुदायप्रति मेरो गहिरो समर्पण र सबै नेपालीहरूलाई एकतामा बाँध्ने दृढ इच्छासाथ म सचिव पदमा उम्मेदवारी दिएको छु। यस यात्रामा म तपाईंहरूको अमूल्य समर्थन, सुझाव र साथको अपेक्षा गर्दछु।”

रावतले आफू नेपाली समुदायको साझा आवाज बन्ने प्रतिबद्धता जनाउँदै एनआरएनए मेरील्याण्ड च्याप्टरलाई अझ सशक्त, उत्तरदायी र समावेशी बनाउने लक्ष्य लिएका छन्।

“हामी सबै मिलेर एउटा सशक्त, समावेशी र उत्तरदायी नेपाली समाज निर्माण गरौं,” – हरिचन्द्र रावत

आगामी निर्वाचनमा उनले समुदायका सबै सदस्यहरूको साथ र विश्वासले आफूलाई थप प्रेरित बनाउने विश्वास व्यक्त गरेका छन्।