आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकालको निर्वाचनका लागि ज्योत्सना अधिकारिले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनले आफू स्वतन्त्र उम्मेदवार भएको र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले निर्वाचनमा होमिएको जनाएकी छन्।
उम्मेदवारी घोषणा गर्दै अधिकारिले भनिन्, “म एक स्वतन्त्र उम्मेदवार हुँ र मलाई विश्वास छ कि मसँग हाम्रो समुदायमा सकारात्मक परिवर्तन ल्याउने दृष्टिकोण र सीपहरू छन्।”
नेपाली समुदायको हितमा इमानदारीपूर्वक र निष्पक्ष रूपमा काम गर्ने अठोट व्यक्त गर्दै उनले सबै सदस्यहरूसँग समर्थन र सहयोगको अपेक्षा गरेकी छन्।
“सँगै, हामी एनआरएनए आयरल्याण्डलाई सबैका लागि अझ राम्रो, समावेशी र उत्तरदायी संस्था बनाउन सक्छौं,” – ज्योत्सना अधिकारी
निर्वाचनको यो अवसरमा उनले सबै मतदाताहरूलाई आग्रह गरेकी छन् कि उनीहरू सोच–विचारसहित परिवर्तनका पक्षमा मतदान गरून् र एनआरएनएलाई अझ सक्षम बनाउने अभियानमा साथ दिन।