टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन (२०२५–२०२७) का लागि ब्राम्पटन/क्यालेडन क्षेत्रको बोर्ड सदस्य पदमा राम माया घिमिरे (रमा घिमिरे) ले उम्मेदवारी घोषणा गरेकी छिन्।
नेपाली समुदायप्रति गहिरो सम्मान र समर्पणका साथ उम्मेदवारी प्रस्तुत गरेकी घिमिरेले समाजमा सकारात्मक परिवर्तन, आपसी एकता, र सशक्तिकरण ल्याउने उद्देश्य बोकेको बताएकी छन्।
“हाम्रो साझा संस्कृति र पहिचानको सम्मान गर्दै, सबैको हितमा काम गर्ने, सहयोगी वातावरण निर्माण गर्ने, र सम्बन्धहरूलाई अझ बलियो बनाउने मेरो उद्देश्य हो,” घिमिरेले भनिन्।
उहाँले एनआरएनए क्यानडा ब्राम्पटन/क्यालेडन क्षेत्रलाई समृद्ध, सशक्त र एकीकृत बनाउने दिशामा आफू दृढ रहेको र समुदायको आवाजलाई उचित स्थानमा पुर्याउने कार्यमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उम्मेदवार घिमिरेले अन्त्यमा सम्पूर्ण नेपाली समुदायसँग आफ्नो उम्मेदवारीप्रति समर्थन, विश्वास र साथ प्रदान गर्न विनम्र अनुरोध गरेकी छन्।