पर्थ, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि Western Australia सचिव पदमा ईश्वर अधिकारीले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्।
उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “सेवाभाव र समर्पणको बाटोमा दृढतापूर्वक अघि बढ्दै, म यो अवसरलाई गर्व, जिम्मेवारी र आत्मीय भावनासँग ग्रहण गर्दैछु।”
समुदायप्रतिको निरन्तर सेवा – अनुभवको सार
अष्ट्रेलिया आउँदा विद्यार्थीको रूपमा जीवन सुरु गरेका ईश्वर अधिकारी विगत ८ वर्षदेखि नेपाली समुदायको सेवामा सक्रिय छन्। हालै सम्पन्न कार्यकाल (२०२३–२०२५) मा उनले NRNA-WA को Joint Secretary पदमा रहेर उल्लेखनीय योगदान दिएका थिए।
विगतमा विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै, युवा, विद्यार्थी, महिला तथा व्यवसायिक समुदायलाई सशक्त तुल्याउने कार्यमा निरन्तर सक्रियता देखाउँदै आएका अधिकारीले अब सचिव पदमार्फत थप प्रभावकारी भूमिका खेल्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
“हाम्रो टिम” अभियानका प्रमुख प्रतिबद्धताहरू:
-
खेलकुदमार्फत समुदायलाई जोड्ने
-
भाषा, संस्कृति र कला प्रवर्द्धन
-
सामाजिक सहयोग तथा आपत्कालीन सहायता संयन्त्र सुदृढ बनाउने
-
पर्थ नेपाली मन्दिर र सामुदायिक केन्द्रमा सहयोग
-
स्टार्टअप र साना व्यवसायलाई प्रोत्साहन
-
महिला र युवा सशक्तीकरण
-
संस्थागत सुशासन र पारदर्शिता
-
विद्यार्थी सहायता कक्षको प्रभावकारी सञ्चालन र नयाँ विद्यार्थीका लागि सहयोग कार्यक्रमहरू
-
२०२५–२०२७ को दीर्घकालीन NRNA WA योजना निर्माण र कार्यान्वयन
जनताको साथको अपेक्षा – एक समावेशी अभियानको आह्वान
ईश्वर अधिकारीले भने, “अब यो यात्रालाई नयाँ ऊर्जा र दृष्टिकोणका साथ अघि बढाउँदै, तपाईंहरूको साथ, सुझाव र अमूल्य समर्थनको अपेक्षासहित यो उम्मेदवारी अघि सारेको छु।”
उनले सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई समावेशी, सशक्त र समृद्ध समुदाय निर्माणको लागि एकसाथ अघि बढ्न आह्वान गरेका छन्।