पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी जुलाई २६, २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको निर्वाचनमा बिर बहादुर जोराले NRNA-Western Australia (WA) अन्तर्गतको सहसचिव (Joint Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनले आफ्नो उम्मेदवारीलाई “नेपाली मन र नेपाली पन” लाई एकताबद्ध गर्ने, आपसी सहयोग र संस्कृतिको संरक्षण गर्ने अभियानको निरन्तरताको रूपमा प्रस्तुत गर्दै, युवाको प्रतिनिधित्वलाई संस्थागत बनाउन आवश्यक भएको बताएका छन्।
“म परिवर्तनका लागि उम्मेदवार बनेको हुँ” – बिर बहादुर जोरा
पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा विगत केही वर्षदेखि क्रियाशील रूपमा संलग्न रहँदै आएका जोरा, NRNA-WA २०२३–२०२५ कार्यकालमा युवा सदस्यका रूपमा, साथै विभिन्न क्लब तथा संस्थामा सक्रिय भूमिकामा काम गरिसकेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भने: “समाजलाई एकताबद्ध गर्न र पर्थमा फैलिएको नेपाली समुदायलाई सांस्कृतिक, सामाजिक र भावनात्मक रूपमा जोड्न मेरो उम्मेदवारी एक कोशे ढुङ्गा सावित हुनेछ भन्ने विश्वास लिएको छु।”
उनको अभियानका मुख्य सन्देशहरू:
-
एकता र भाइचारा प्रवर्द्धन — कठिन परिस्थितिमा आपसी सहयोगको भावना सुदृढ गर्न।
-
संस्कृति र पहिचानको संरक्षण — नेपालीपनको निरन्तरता नयाँ पुस्तामा पुर्याउने।
-
युवाको सहभागिता र नेतृत्व विकास — अनुभव र उर्जालाई संस्थागत नेतृत्वमा रूपान्तरण।
-
सामाजिक जिम्मेवारी र पारदर्शिता — संस्थालाई जवाफदेही र सदस्य–मुखी बनाउने।
समुदायप्रतिको अपिल
उनले पश्चिम अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा अभिभावकहरूलाई आफ्नो अपिलमा भनेका छन्: “NRNA को माध्यमबाट समाजको सेवा गर्ने मेरो अभिष्टमा तपाईंहरूको साथ, सद्भाव र विश्वासले मार्ग देखाउनेछ। युवाको आवाज सुन्नुहोस्, परिवर्तनका पक्षमा मत दिनुहोस्।”