पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैर-आवासीय नेपाली संघ (NRNA) को पश्चिम अष्ट्रेलिया (WA) निर्वाचन अन्तर्गत राज्य समन्वय समिति (SCC) सदस्य पदमा सुनिल साहनीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्।
उनले आफ्नो उम्मेदवारीलाई सामुदायिक नेतृत्वको अनुभव, वित्तीय दक्षता र आर्थिक सशक्तीकरणको स्पष्ट दृष्टिकोणमा आधारित बनाउँदै, नेपाली समुदायको दीर्घकालीन हितका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
“आर्थिक पहुँच र वित्तीय चेतना – समृद्ध समुदायको मूल आधार”
सुनिल साहनी Madhesi Community Association WA – Australia का संस्थापक अध्यक्ष समेत हुन्। उनले समुदाय निर्माणको शून्यबाट सुरु गरी स्रोत परिचालन, सामाजिक कार्यक्रम आयोजना, नेतृत्व विकास लगायतका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
उनको आर्थिक पृष्ठभूमि विशेष उल्लेखनीय छ। Finance र Economics मा शिक्षित साहनी विगत लामो समयदेखि अष्ट्रेलियामा आर्थिक प्राविधिक (Financial Practitioner) का रूपमा कार्यरत छन्।
उनको भनाइमा: “आजको युगमा आर्थिक सशक्तीकरण केवल विकल्प होइन, अनिवार्यता हो। आर्थिक शिक्षा, पहुँच र वित्तीय योजना हाम्रो समुदायलाई दीर्घकालीन रूपमा सुरक्षित र सक्षम बनाउने आधार हुन्।”
उनका प्रमुख अभियान प्रतिबद्धताहरू:
-
आर्थिक सशक्तीकरण: आर्थिक योजना, बजेटिङ र वित्तीय पहुँचमा समुदायलाई प्रशिक्षित गर्ने।
-
Youth Financial Literacy Programs: युवा पुस्तालाई वित्तीय अनुशासन र भविष्य योजना निर्माणतर्फ प्रेरित गर्ने।
-
सशक्त र पारदर्शी संस्था: NRNA–WA लाई जवाफदेही र विश्वासिलो बनाउने दिशामा स्पष्ट रणनीति ल्याउने।
-
नीति निर्माणमा सक्रिय सहभागिता: संस्थागत निर्णयहरूमा नेपाली समुदायको आवाज सशक्त रूपमा प्रस्तुत गर्ने।
समुदायप्रति उनको अपिल:
“NRNA केवल संगठन होइन, यो हाम्रो पहिचान, सहभागिता र समृद्धिको साझा मञ्च हो। मैले देखेको सपना भनेको आर्थिक रूपमा सक्षम, संगठित र सचेत नेपाली समुदाय हो। यस यात्रामा तपाईंहरूको समर्थन, सुझाव र मतको हार्दिक अपेक्षा गर्दछु।” – सुनिल साहनी