एनआरएनए पश्चिम अष्ट्रेलिया निर्वाचन : “एकता र रूपान्तरणका लागि मतदान गरौं” — कमला रेग्मीको समुदायप्रति अपिल

everest kitchen

पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैर–आवासीय नेपाली संघ (NRNA), पश्चिम अष्ट्रेलिया निर्वाचनमा नारी निकुञ्ज प्रतिनिधिका रूपमा महिला सदस्य पदकी उम्मेदवार कमला रेग्मीले सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध रूपमा सहभागी हुन अपिल गरेकी छन्।

उनको भनाइमा, “यो निर्वाचन पदका लागि मात्र होइन, यो हाम्रो समुदायको एकता, समृद्धि र भविष्य सुरक्षित गर्ने अभियान हो।”

“गर्वको नेपाली हुनुको परिचय देखाउने बेला यही हो”

कमला रेग्मीले आफ्नो उम्मेदवारीलाई नारी सशक्तीकरण, सहभागिता र पारदर्शितामा आधारित बनाउँदै, महिला नेतृत्वको आवश्यकतालाई पनि उजागर गरेकी छन्। उनले समुदायलाई सशक्त, संगठित र सहभागी बनाउने उद्देश्यसहित अगाडि बढ्ने दृढता व्यक्त गरेकी छन्।

उनको सन्देश:

🔹 “It’s time for all proud Nepalis living in WA to come together and vote for leadership that truly represents us!”
🔹 “This election is not just about positions — it’s about unity, growth, and securing a better future for the Nepali community abroad.”
🔹 “Support fair and active leadership. Be part of positive change in NRNA.”
🔹 “Let’s make 26th July a proud day for all Nepalis in WA.” 🇳🇵