पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया को निर्वाचनमा अजय बेलबासेले राज्य समन्वय समिति (SCC) सदस्य पदको लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्।
उनले समुदायप्रतिको गहिरो समर्पण, निरन्तर सक्रियता, र पारदर्शी नेतृत्वका लागि प्रतिबद्धताका आधारमा आफूलाई “तपाईंहरूको आवाज” बन्ने दाबी प्रस्तुत गरेका छन्।
“सशक्त युवा, समावेशी नेतृत्व, एकजुट समुदाय — मेरो अभियानको आधार”
अजय बेलबासे विगत केही वर्षदेखि पर्थको नेपाली समुदायमा सांस्कृतिक कार्यक्रम, युवा गतिविधि तथा सामाजिक सेवामा निरन्तर संलग्न छन्। उहाँको भनाइमा — “म कुनै पदको आकांक्षामा होइन, जिम्मेवारीको भावना लिएर आएको हुँ। तपाईंहरूको साथ र समर्थनले मात्र हामीले सबैलाई समेट्ने र सुन्ने NRNA निर्माण गर्न सक्छौं।”
मुख्य प्रतिबद्धताहरू:
युवाको सहभागिता र सशक्तीकरण — नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र उनीहरूको आवाजलाई प्राथमिकता दिने।
सांस्कृतिक मूल्य र सामाजिक एकता प्रवर्द्धन — हाम्रो भाषा, कला र परम्परा जोगाउँदै सामाजिक सद्भाव निर्माण गर्ने।
समुदाय र नेतृत्वबीच सेतुको भूमिका — NRNA नेतृत्व र आम सदस्यबीच खुला संवाद र पहुँच सुनिश्चित गर्ने।
सबैको प्रतिनिधित्व — समुदायका हरेक समूह र आवाजलाई समेट्ने समावेशी दृष्टिकोणलाई कार्यान्वयन गर्ने।
उनको अपिल:
“म तपाईंहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु। आउनुहोस्, हामी मिलेर अझ बलियो, एकजुट र जवाफदेही NRNA परिवार निर्माण गरौं।” – अजय बेलबासे