पर्थ, अष्ट्रेलिया – आगामी NRNA पश्चिम अष्ट्रेलिया कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको निर्वाचनमा अनु खतिवडाले नारी निकुञ्ज राज्य समन्वय समिति, महिला सह-संयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
झण्डै ९ वर्षदेखि पर्थमा बसोबास गर्दै आएकी खतिवडा, यहाँको नेपाली समुदायसँग प्रत्यक्ष रूपमा आबद्ध हुँदै सामाजिक सेवामा सक्रिय रहिआएकी छिन्। उनले सम्पन्न २०२३–२०२५ कार्यकालमा पनि नारी निकुञ्ज राज्य समन्वय समिति पश्चिम अष्ट्रेलियाको सदस्यको रूपमा कार्यसम्पादन गरेकी थिइन्।
उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “समाजले दिएको माया, साथ र अवसरलाई मैले जिम्मेवारीका साथ बोकेको छु। अब त्यो अनुभवलाई नेतृत्वको अर्को तहमा लिएर जान चाहन्छु। महिलाको आवाज अझ बुलन्द र संरचित रूपमा उठाउन यो पदमा काम गर्न तत्पर छु।”
उनका मुख्य उद्देश्यहरू यस प्रकार रहेका छन्:
-
महिलाहरूको सीप विकास, आत्मनिर्भरता र सामाजिक सहभागितामा ध्यान केन्द्रित गर्ने
-
नारी निकुञ्जका कार्यक्रमहरूलाई अझ संगठित र समावेशी बनाउने
-
नयाँ पुस्ताका दिदीबहिनीहरूलाई नेपाली समाजसँग जोड्ने संयोजनकारी भूमिका खेल्ने
-
समुदायमा संस्कृति, पहिचान र एकताको प्रवर्द्धन गर्ने
अनु खतिवडाले चुनावमा सहभागी सबै नेपाली समुदायलाई निष्पक्ष रूपमा मत हाल्न आग्रह गर्दै, आफूले प्राप्त गरेको अनुभव र सेवाभावलाई समुदायकै हितमा लगाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।