डार्विन, अष्ट्रेलिया – गैर-आवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी २०२५–२०२७ कार्यकालका लागि राज्य संयोजक पदमा त्रिलोचन सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“ईमानदारी, पारदर्शिता र एकताको भावना लिएर समुदायको सेवा गर्ने उद्देश्यले यो निर्णयमा पुगेको हुँ,” उम्मेदवारी घोषणा गर्दै सापकोटाले भने। सापकोटा हाल NRNA NT को सचिव पदमा कार्यरत छन् र अघिल्लो कार्यकालमा सक्रिय योगदान दिएका थिए।
सापकोटाको प्रमुख प्राथमिकताहरू:
-
“Community Hall Build Committee” को गठन: एनटी सरकारसँग समन्वय गर्दै नेपाली समुदायको स्थायी सभा गृह निर्माणका लागि पहल।
-
समावेशी र एकतामूलक समुदाय निर्माण: एनटीभरि रहेका नेपालीहरूलाई अझ नजिक ल्याउने कार्यक्रमहरूको प्रवर्द्धन।
-
सांस्कृतिक संरक्षण: दोस्रो पुस्ताका बालबालिका र युवाहरूलाई नेपाली संस्कृति र परम्परासँग जोड्ने कार्यक्रमहरू संचालन।
-
नयाँ आगन्तुक, विद्यार्थी तथा अभिभावकहरूका लागि समर्पित उपसमिति गठन।
-
NANT सँग सहकार्य गर्दै महत्वपूर्ण कार्यक्रमहरू निरन्तरता:
-
नेपाल फेस्टिभल
-
राहदानी सेवा शिविर
-
First Aid र CPR तालिम
-
दशैँ, तीज, होली, नयाँ वर्ष, खेलकुद आदि
-
साथै, उनले नेपाली राजदूतावास क्यानबेरासँग नियमित समन्वय गर्दै मोबाइल पासपोर्ट सेवा, विद्यार्थी सहयोग कार्यक्रम र सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू मार्फत समुदायको पहुँचलाई अझ नजिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्षेत्रीय समावेशीता पनि प्राथमिकतामा
उनको टिमले एलिस स्प्रिंग्स, क्याथरिन, टेनन्ट क्रीक लगायत अन्य क्षेत्रका नेपालीहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने र सबै भूगोललाई प्रतिनिधित्व गराउने योजना सार्वजनिक गरेको छ।
“NRNA NT लाई सबै नेपालीहरूको साझा संस्था बनाउने, प्रत्येक आवाज सुन्ने र सबै स्थानको सहभागिता सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो,” सापकोटाले अन्त्यमा भने।
उनले सम्पूर्ण नेपाली समुदायसँग समर्थन र विश्वासको अपेक्षा गर्दै, आगामी जुलाई २६ मा हुन गइरहेको निर्वाचनमा मतदाताहरूलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन्।