डब्लिन, आयरल्यान्ड — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचन नजिकिँदै गर्दा प्रदिप खड्काले कार्यसमिती सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समर्पित र जुझारु युवाको रूपमा परिचित खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै समुदायका सबै सदस्यहरू— आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आभार व्यक्त गरेका छन्।
उम्मेदवारीका प्रमुख उद्देश्यहरू:
कृषि श्रमिकहरूको प्रतिनिधित्व र सहयोग
आयरल्याण्डमा हाल दिनप्रतिदिन बढ्दो रूपमा देखिएको नेपाली कृषि श्रमिकहरूको उपस्थिति र तिनीहरूका समस्यालाई उजागर गर्दै संस्थागत समाधानमा जोड दिने।
विद्यार्थीहरूबीच सम्बन्ध मजबुत पार्ने
यहाँ अध्यनरत नेपाली विद्यार्थीहरूसँग सशक्त सम्बन्ध बनाउँदै उनीहरूले भोगिरहेका चुनौतीहरूलाई संस्थाको टिमसामु प्रस्तुत गर्ने र समाधानका उपायहरू खोज्ने।
नयाँ सोच, नयाँ ऊर्जा
टिमसँग समन्वय गरेर रचनात्मक कार्यक्रम र सहकार्यमार्फत संस्थालाई सबै समुदायसम्म पुर्याउने।
संस्थाको नीतिभित्र रहेर जिम्मेवारी वहन
सङ्गठनको नीति, नियम र संरचनाभित्र रहेर पारदर्शी र जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्ने अठोट।
प्रदिप खड्काले भने, “म संस्थाको जिम्मेवारी पाउँदा खुशी छु र यसलाई इमान्दार, समर्पित र निष्पक्ष ढङ्गले वहन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्छु। तपाईंहरूको साथ र समर्थन मेरो लागि प्रेरणाको स्रोत हुनेछ।”