मन नाछिरिङ राईद्वारा एनआरएनए आयरल्यान्ड कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्यान्डको २०२५–२०२७ कार्यकालको लागि हुन लागेको निर्वाचनमा मन नाछिरिङ राईले कार्यकारी सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै उनले आदरणीय दाजुभाइ, दिदीबहिनी तथा प्रिय साथीहरूप्रति नमस्कारसहित धन्यवाद ज्ञापन गर्दै भनेका छन्, “यहाँहरूकै सल्लाह, समर्थन र प्रेरणाले आज म यो जिम्मेवारीका लागि अघि सर्न सकेको छु।”

उनले आगामी निर्वाचनमा समुदायको बहुमूल्य मत, साथ र सपोर्ट प्राप्त हुनेमा आफू आशावादी रहेको बताएका छन्।

मन नाछिरिङ राई नेपाली समुदायभित्र जिम्मेवार, मिलनसार र सेवाभावी व्यक्तित्वको रूपमा परिचित छन्। उनले विगतमा विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

उनको उम्मेदवारीले एनआरएनए आयरल्यान्डभित्र नयाँ ऊर्जा, सहभागिता र समावेशी प्रतिनिधित्वको अपेक्षा जगाएको छ।