सिड्नी, अष्ट्रेलिया – आगामी NRNA अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को डिपुटी युथ कोअर्डिनेटर पदका लागि शशांक बस्यालले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। उनी Team EKATA NSW को तर्फबाट २०२५–२७ कार्यकालका लागि उम्मेदवार बनेका हुन्।
Leppington, NSW निवासी बस्याल विगत १२ वर्षदेखि नेपाली समुदाय, विशेषगरी युवाहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच सक्रियरूपमा संलग्न रहँदै आएका छन्।
युवाका लागि समर्पित नेतृत्व
शशांक बस्याल स्वयंलाई एक युथ मेन्टर, कम्युनिटी भोलिन्टियर, र युथ इन्गेजमेन्टको लागि समर्पित अभियन्ताको रूपमा चिनाउँछन्। उनले भनेका छन्, “यदि हामी हाम्रो युवामा साँच्चिकै परिवर्तन चाहन्छौं भने, हामीले उनीहरूलाई सुन्नु, जोडिनु र हृदयबाट नेतृत्व गर्न आवश्यक छ। म साथी, सल्लाहकार र हाम्रो सामूहिक विकासको आवाज बन्न तयार छु।”
उम्मेदवारीको उद्देश्य
“म सकारात्मक प्रभाव पार्न चाहन्छु, विशेष गरी हाम्रो युवा पुस्तामा,” उनले भने। “यो भूमिका मलाई मार्गदर्शन गर्न, सहयोग पुर्याउन र उनीहरूलाई अझ मजबुत बनाउने अवसर दिनेछ।”
किन ‘Team Ekata’?
“एकता शब्दमा मात्र होइन, कर्ममा पनि देखिनुपर्छ। टिम एकता ती मानिसहरूको समूह हो जसले इमानदार, समर्पित र सेवामुखी व्यवहार प्रस्तुत गर्छ। म यस्तो समूहसँग खडा हुन पाउँदा गर्व महसुस गर्छु।”
‘Team Ekata’ मा समावेश अन्य उम्मेदवारहरू पनि समर्पित र अनुभवी छन्। टिमको नेतृत्व उषा किरण बरियाल पोखरेल (State Coordinator NSW) र चण्डिका ओली ओदारी (Deputy State Coordinator NSW) ले गरिरहेका छन्।
बस्यालले अन्त्यमा सम्पूर्ण नेपाली समुदायलाई आग्रह गर्दै भनेका छन्, “हामी मिलेर मात्रै सशक्त र समावेशी भविष्य निर्माण गर्न सक्छौं। आउनुहोस्, हाम्रो युवालाई सशक्त बनाऔं।”