ओरान पार्क, एनएसडब्ल्यू – आजको युगमा, यथार्थ जीवनबाट सिकेका, सेवा भावले भरिएका र परिवर्तनको दृढ निश्चय भएका नेताहरू आवश्यक छन्। यही पंक्तिमा उभिनुहुन्छ रमेश सिंह ठकुरी, जो २०२५ जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यू को निर्वाचनमा युवा संयोजक पदका लागि उम्मेदवार हुनुहुन्छ। उहाँको संघर्षको कथा प्रेरणादायी छ—तर अझ महत्वपूर्ण कुरा, उहाँसँग कार्य गर्ने स्पष्ट दृष्टिकोण छ।
बारेकोट, जाजरकोट (कर्णाली प्रदेश) जस्तो दुर्गम ठाउँमा हुर्कनु भनेको जीवनको हरेक पाइलामा संघर्ष गर्नु हो। “हाम्रो गाउँमा स्कुलको पोशाक लगाउनु विलासिता जस्तै लाग्थ्यो, र सामान्य ज्वरो पनि प्राणघातक हुन सक्थ्यो,” रमेश सम्झनुहुन्छ। यही पीडाले उहाँलाई आजको समाज परिवर्तनको प्रेरणा दियो।
उहाँ सीमित स्रोतसाधन र शून्य चिनजानका साथ अष्ट्रेलिया आउनुभयो। तर लगनशीलता, इमान्दारी र निरन्तर प्रयत्नबाट आज उहाँले Lola Cocina Spanish Restaurant, Annapurna Function Centre, Janaki Tours & Travels, Janaki Rentals, र Janaki Foundation जस्ता प्रतिष्ठित व्यवसायहरू स्थापना गर्नुभएको छ।
तर व्यवसायभन्दा पनि Janaki Foundation उहाँको आत्मासँग जोडिएको संस्था हो। यस संस्थाले खासगरी जाजरकोट जस्ता ग्रामीण क्षेत्रहरूमा थुप्रै मानवीय कार्यहरू गरेको छ:
- कोभिड महामारीमा खाद्यान्न तथा औषधि सहयोग
- अनाथ बालबालिकालाई संरक्षण तथा शिक्षामा पहुँच
- विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
- पहिरो र भूकम्पपीडितलाई तत्काल राहत र पुनर्निर्माण सहयोग
- दुर्गम गाउँमा बालशिक्षा प्रवर्द्धन गर्दै विभिन्न सहयोग कार्यक्रम सञ्चालन
यी कार्यहरू केवल सेवा होइनन्, गहिरो मानवीय जिम्मेवारीका प्रतिबिम्ब हुन्।
अब उहाँले युवा संयोजकको रूपमा उम्मेदवारी दिनुका पछाडि पनि उद्देश्य छ—अष्ट्रेलियामा रहेका नेपाली युवाहरूलाई मार्गदर्शन, अवसर, र आत्मबल प्रदान गर्नु। उहाँको स्पष्ट कार्ययोजना यस्ता छन्:
- रोजगार तालिम, सीभी लेखन, स्किल अपग्रेड
- पोकीज, जुवाको लत, मानसिक स्वास्थ्य समस्यामा परामर्श र सहायता
- नयाँ विद्यार्थी र आप्रवासीहरूलाई सामाजिक र व्यावसायिक जोड
- पुर्खाहरूको अनुभव र युवाको जोशलाई जोड्ने सेतु निर्माण
रमेश भन्छन्, “मैले पनि कहिल्यै नबोलेर, मौन रहँदै संघर्ष गरेको थिएँ। अहिले म ती सबै मौन आवाजहरूका लागि बोल्न चाहन्छु। मेरो कथा दुःखको हैन—यो सम्भावनाको कथा हो।”
उहाँले रोज्नुभएको Team Ekata एकताको प्रतीक हो। विभिन्न क्षेत्र, उमेर, पृष्ठभूमिका सदस्यहरूले बनेको यो समूहले पूरा नेपाली समुदायलाई समेट्ने साहसिक दृष्टिकोण राख्छ।
उहाँको सन्देश:
“हामी अब हेरिरहने होइन, अघि बढ्ने समय हो। युवा शक्तिलाई नेतृत्व दिनुहोस्। केवल भाषण होइन—कार्यान्वयन चाहिन्छ।”