सनीता लामाको उम्मेदवारी घोषणा: एनआरएनए अष्ट्रेलिया – न्यू साउथ वेल्स राज्य महिला संयोजक पदमा आत्मबल, नेतृत्व र परिवर्तनको आवाज

everest kitchen

कार्लिङफोर्ड, NSW – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य महिला संयोजक पदका लागि सनीता लामाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सन् २०२५–२७ कार्यकालका लागि हुने यस चुनावमा उनी Team EKATA की तर्फबाट मैदानमा उत्रिएकी हुन्।

सनीता लामा कुनै साधारण उम्मेदवार होइनन्। उनी घरेलु हिंसाबाट बाँच्न सफल एक सर्वाइभर, महिला सशक्तिकरणकी प्रबक्ता र समुदायमै लामो समयदेखि क्रियाशील एक सांस्कृतिक नेतृ हुन्।

“म एक महिला, एक आमा, र घरेलु हिंसाबाट बाँच्न सफल एक अभियन्ता हुँ। सङ्घर्ष र पीडाबाट उभिएर म आज यहाँ छु – अरू महिलाहरुको लागि प्रेरणा बन्न।”

“Survivor to Advocate” — सनीताको प्रेरणादायी यात्रा

सनीता लामाले कार्लिङफोर्ड, NSW मा आफ्नो परिवारका साथ जीवन बिताइरहेकी छन्। उनी घरेलु हिंसाको पीडा भोगेकी, त्यसबाट निडरताका साथ बाहिर निस्केकी, र अहिले अरू महिलाहरूका लागि आशा र बल बनेकी एक जागरूक नेतृत्वकर्ता हुन्।

सन् २०१५ देखि उनले नेपाली समुदायका विविध पहलहरूमा उल्लेखनीय योगदान दिएकी छन्:

  • Mrs. Oceania 2018 – Mrs. Congeniality उपाधि विजेता

  • NRNA SCC सदस्य (2021–23)

  • Deputy Culture Coordinator, Nepal Festival 2022 (NSW)

  • Event Coordinator, NINFA (Nepalese Indigenous Nationalities Forum Australia)

  • Cultural Secretary, Tamang Society of NSW

  • Volunteer Dance Teacher, Sabdamala Nepali Language School, Granville (३ वर्षभन्दा बढी)

उम्मेदवारीको उद्देश्य

उनी NRNA NSW को महिला संयोजक पदमा उम्मेदवार बनेको कारण प्रस्ट छ:

▪️ घरेलु हिंसा भोगिरहेका महिलाहरूको लागि बलियो आवाज बन्न
▪️ संघर्ष गरिरहेकी महिलाहरूलाई हौसला र सहारा दिन
▪️ महिला नेतृत्वको नयाँ पुस्तालाई सशक्त बनाउन
▪️ महिलाको आवाज सुन्ने, सम्मान गर्ने र समावेशी NRNA बनाउने

किन Team EKATA?

सनीता भन्छिन्: “Team EKATA ले समानता र ऐक्यबद्धताको मूल्य मान्छ। पुरुष–महिला सबै मिलेर इमानदार र निस्वार्थ सेवा गर्ने यो टोली मेरो विश्वासको आधार हो।”

“सशक्त महिला, सशक्त समाज। आउनुस, सबै मिलेर समावेशी र सशक्त समुदाय निर्माण गरौं – जहाँ कुनै पनि महिला एक्लो महसुस नगरोस्।” – सनीता लामा