अवानी पौडेलको उम्मेदवारी घोषणा: एनआरएनए न्यू साउथ वेल्स एनसीसी सदस्य पदमा युवा नेतृत्वको नयाँ जोश

everest kitchen

सिड्नी, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को २०२५–२७ कार्यकालका लागि एनसीसी (NCC) सदस्य पदमा अवानी पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। उनी Team EKATA को तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन्।

“युवा नेतृत्वको लागि समर्पित – अवानीको कथा”

सन् २०१९ मा अष्ट्रेलिया आएकी अवानी पौडेल अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा जीवन यात्रा सुरू गरेकी थिइन्। न्यून साधन र धेरै सपना लिएर अघि बढेकी उनले शिक्षा, एजेन्ड केयर, व्यवसाय र हाल रियल इस्टेट क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन्।

“हरेक अनुभवबाट मैले संघर्ष, नेतृत्व र सेवा भाव सिकेँ – र आज ती सिकाइलाई अरूका लागि प्रेरणाको श्रोत बनाउने इच्छा लिएको छु।”

उम्मेदवारीको उद्देश्य

▪️ युवा र नयाँ आप्रवासीहरूको आवाज बन्न
▪️ बलियो र एकीकृत नेपाली–अष्ट्रेलियाली समुदाय निर्माण गर्न
▪️ नयाँ पुस्तालाई नेतृत्व, सेवा र अवसरका दिशामा अगाडि बढाउन

किन Team EKATA?

“Team EKATA सिर्फ बोल्दैन, काम गर्छ। यहाँ एकता, निष्पक्षता र सेवा भावको आधारमा काम हुन्छ। यही मूल्य म स्वयं बाँचिरहेकी छु – त्यसैले म Team EKATA सँग छु।”

यो टोलीले युवाको शक्ति, महिलाको आवाज र समर्पित नेतृत्वलाई प्राथमिकता दिन्छ – जुन परिवर्तनको खाँचो भएको आजको समाजमा अत्यन्त जरूरी छ।

समुदायप्रति सन्देश

“यदि तपाईं साँचो एकता, युवा नेतृत्व र व्यवहारिक कार्यमा विश्वास गर्नुहुन्छ भने, म तपाईंको विश्वास र मतको याचना गर्दछु।”

“हामी सबै मिलेर यस्तो समाज बनाऔं जहाँ हरेक आवाज सुनियोस्, र हरेक व्यक्तिले आफ्नो ठाउँ पाओस्।” – अवानी पौडेल