सिड्नी, अष्ट्रेलिया –
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको आगामी निर्वाचन २०२५–२०२७ कार्यकालका लागि हिमाल पोखरेलले संयुक्त सचिव (Joint Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
पोखरेलले अनुभव, लगनशीलता र समर्पणलाई आधार बनाएर समुदायप्रति जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पारदर्शिता, सेवा र एकतामुखी नेतृत्वमार्फत एनआरएनए अभियानलाई थप प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन्।
“अनुभव, लगनशीलता र समर्पणका साथ म यो जिम्मेवारी सम्हाल्न तयार छु,” पोखरेलले भने, “समुदायको सेवा, पारदर्शिता र एकताको पक्षमा काम गर्ने दृढ संकल्पका साथ अघि बढेको छु।”
आगामी निर्वाचन २६ जुलाई २०२५ (शनिबार) मा सम्पन्न हुने कार्यक्रम छ।
पोखरेलले सबैलाई समर्थन र सुझावका लागि अनुरोध गर्दै एनआरएनए अष्ट्रेलियाको संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने दृढ इच्छाशक्ति व्यक्त गरेका छन्।