एनआरएनए नेदरल्याण्डको सदस्यता अब नयाँ प्रणालीमार्फत अनिवार्य

everest kitchen

नेदरल्याण्ड, जुलाई २०२५

गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्याण्डले आफ्नो सदस्यता प्रणालीमा परिवर्तन गर्दै अबदेखि सदस्यता दर्ता पुरानो मोबाइल एपमार्फत नभइ संघको नयाँ आधिकारिक वेबसाइटमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

संघले एक सूचना प्रकाशित गर्दै सम्पूर्ण नेदरल्याण्डवासी नेपालीहरूलाई समयमै नयाँ प्रणालीमार्फत सदस्यता लिन अनुरोध गरेको छ।

🔗 नयाँ सदस्यता दर्ता लिङ्क:
👉 https://nrna.nl/membership/

एनआरएनए नेदरल्याण्डले विशेषगरी कम्तिमा २ वर्षदेखि नेदरल्याण्डमा स्थायी वा दीर्घकालीन रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूलाई सदस्यता लिन आह्वान गरेको छ।

संघको अनुरोध:

“तपाईं स्वयं आजै नयाँ प्रणालीमार्फत सदस्यता लिनुहोस्, साथै तपाईंका साथीभाइ, आफन्त, छरछिमेकमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यो सूचना साझा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”

संघको अनुसार, नयाँ प्रणालीले सदस्यता प्रक्रिया थप प्रमाणिक, सुरक्षित र व्यवस्थित बनाउनेछ।