कुल प्रसाद (के.पी.) ढकाल एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारीमा

everest kitchen

क्यालिफोर्निया, अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आगामी कार्यकालका लागि अध्यक्ष पदमा कुल प्रसाद ढकाल (के.पी. ढकाल)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

अघिल्लो कार्यकालमा झिनो मतान्तरले उपविजेता बनेका ढकालले यसपटक सम्पूर्ण समुदायको एकता, सहकार्य र विश्वासका साथ आफूलाई समर्थन गरिदिन हार्दिक अनुरोध गरेका छन्।

“मन जित्ने चुनाव जित्नु भन्दा ठूलो हो” — के.पी. ढकाल

ढकालले विगत १३ वर्षदेखि क्यालिफोर्नियामा बसोबास गर्दै नेपाली समुदायको सुख–दुख, आपतकालीन अवस्था, सांस्कृतिक तथा सामाजिक गतिविधिमा निरन्तर साथ दिँदै आएको उल्लेख गरेका छन्।

“म चुनावमा उपविजेता भएपनि, नेपाली समुदायको मनमा आफू बस्न सफल भएको अनुभूति भएको छ,” उनले भनेका छन्।

एकता र सहमतिका साथ अघि बढ्ने आग्रह

सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, बुद्धिजीवी, संघसंस्था, युवावर्ग, महिला तथा अग्रजहरूप्रति विशेष आग्रह गर्दै उनले भनेका छन्: “मलाई समर्थन, सहकार्य र सुझावसहित एकताका साथ अघि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

SMART NRNA एपमार्फत सदस्यता वा नविकरणको पनि अपिल

ढकालले एनआरएनए क्यालिफोर्निया च्याप्टरको निर्वाचनमा भाग लिन चाहने सबैलाई SMART NRNA एप डाउनलोड गरी सदस्य बन्न वा आजीवन सदस्यहरूले निशुल्क नविकरण गर्नुपर्ने प्रावधानबारे जानकारी गराउँदै लिङ्क पनि साझा गरेका छन्:

🔗 डाउनलोड लिंक – SMART NRNA App