क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, मलेसियाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पञ्जीकृत सदस्यता लिने अन्तिम मिति १३ जुलाई २०२५ राति १२:०० बजेसम्म कायम रहेको जानकारी गराएको छ।
मलेसियामा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सदस्यता समयमै लिई संघको गतिविधिमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।
सदस्यता लिनका लागि आवश्यक चरणहरू:
-
Play Store मा गएर Smart NRNA एप डाउनलोड गर्नुहोस्।
-
एप खोली Create a New Account मा क्लिक गर्नुहोस्।
-
आफ्नो व्यक्तिगत विवरण र आवश्यक कागजातहरू अपलोड गर्नुहोस्।
-
प्रक्रिया पूरा भएपछि तपाईं एनआरएनए मलेसियाको आधिकारिक सदस्य बन्न सक्नुहुनेछ।
सदस्यता किन आवश्यक छ?
“NRNA सदस्यता हाम्रो पहिचान, अधिकार र दायित्वको प्रतीक हो।”
यसले हाम्रा समस्या, आवाज र पहिचानलाई संस्थागत बनाउने प्लेटफर्म प्रदान गर्छ।
संघका सचिव बिष्णु प्रसाद बराल र अध्यक्ष राकेश प्रसाद महतोले विज्ञप्ति जारी गर्दै सबै नेपालीहरूलाई समयमै सदस्यता लिएर संघ बलियो बनाउन आ–आफ्नो ठाउँबाट योगदान दिन आग्रह गर्नुभएको छ।