सिड्नी — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् संयोजक पदका लागि राकेश जोशीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। कार्यकाल २०२५–२०२७ का लागि हुने आगामी निर्वाचनमा उनले समुदायको साथ, समर्थन र विश्वासमा आधारित नेतृत्व प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।
जोशीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “म, राकेश जोशी, एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु संयोजक पदको लागि आफ्नो उम्मेदवारी यस औपचारिक पोस्टमार्फत पुनः जानकारी गराउन चाहन्छु।”
उनका अनुसार, उनले नेतृत्व गरिरहेको टिमले छिट्टै आगामी कार्यकालको योजनाहरू, दृष्टिकोण र प्राथमिकताहरू समेटिएको एजेन्डा सार्वजनिक गर्नेछ।
जोशीले एनआरएनएको अभियानलाई थप संस्थागत, समावेशी र उत्तरदायी बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको उल्लेख गरेका छन्। उनले सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्दै साथ, समर्थन र सुझावका लागि कृतज्ञता प्रकट गरेका छन्।