एनआरएनए डब्लुएसिसी सदस्य पदमा समानता ढकालको उम्मेदवारी, मानसिक स्वास्थ्य र महिला सशक्तिकरणको एजेन्डा लिएर अघि बढ्दै

everest kitchen

पर्थ, असार १९ – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाको आगामी राज्य समन्वय परिषद (State Coordination Council – SCC) निर्वाचनमा समानता ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। “बलियो सोच, सशक्त आवाज, एकताबद्ध समुदाय” भन्ने मूल नाराका साथ उनी अगाडि बढेकी छन्।

समानता ढकाल एक पेशागत मानसिक स्वास्थ्य नर्स हुन्, जसले अगाडि पंक्तिमा रहेर व्यक्तिहरू र परिवारलाई सहयोग गर्दै आएकी छन्। उनी Curtin Nepalese Society की संस्थापक अध्यक्ष हुन्, जहाँ उनले विद्यार्थी तथा युवाहरूलाई एकताबद्ध र सक्षम बनाउन नेतृत्व दिइन्। साथै, उनी NAWAINLS Perth की कार्यसमिति सदस्यका रूपमा पनि सक्रिय रूपमा कार्य गर्दै आएकी छन्।

उनको एजेन्डा यसप्रकार छ:

🔸 समुदायमा मानसिक स्वास्थ्यबारे चेतना र समर्थन विस्तार गर्नु।
🔸 युवाहरूको नेतृत्व विकास र सहभागिता बढाउने कार्यक्रमहरू अघि सार्नु।
🔸 महिलाहरूलाई शिक्षा, अवसर र सुरक्षित स्थानमार्फत सशक्त बनाउने अभियान चलाउनु।

“म सबैलाई समेट्ने नेतृत्व, समुदायस्तरको संलग्नता र दीगो विकासमा विश्वास गर्छु,” ढकालले भनिन्, “तपाईंहरूको साथ र समर्थन पाएमा म समर्पित, पहुँचयोग्य र प्रभावकारी SCC सदस्यका रूपमा काम गर्नेछु।”

टीम अभियान WA बाट उम्मेदवारी दिएकी समानता ढकालको उम्मेदवारीले एनआरएनए पश्चिम अष्ट्रेलियामा सामाजिक सरोकार, मानसिक स्वास्थ्य, महिला सशक्तिकरण र युवा नेतृत्वजस्ता महत्त्वपूर्ण विषयहरूलाई निर्वाचनको मूल धारमा ल्याएको छ।

“सशक्त, स्वस्थ र जोडिएको नेपाली समुदाय निर्माण गरौँ” – उम्मेदवार ढकालको अपील।