जोहोरबारु, मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको ५औं अधिवेशन २०२५ जुलाई ६, आइतबार, जोहोरबरूस्थित Tiga Suite, Puteri Harbour मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास मलेसियाका सहायक राजदूत मोदिता बज्राचार्य र विशिष्ट अतिथिका रूपमा एनसीसी मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाका सभापति र अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन बेदना श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रमको संचालन पहिलो चरणमा सचिब छबिलाल गिरि र दोस्रो चरणमा रमेश मल्लले गरेका थिए। २/३ हप्तादेखि आपसी सल्लाह र छलफलपछि यस अधिवेशनमा सबै पदका लागि निर्विरोध निर्वाचन सम्पन्न भएको जानकारी दिइएको छ।
अधिवेशनमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, खेलाडी, समाजसेवी, कलाकार र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिको नामावली यसप्रकार छ:
नयाँ कार्यसमिति:
-
अध्यक्ष: वेदना श्रेष्ठ
-
वरिष्ठ उपाध्यक्ष: बिन्दु दर्लामी मगर
-
उपाध्यक्ष: प्रेम श्रेष्ठ
-
सचिव: छविलाल गिरी
-
सह–सचिव: विनय हमाल
-
कोषाध्यक्ष: तिलक श्रेष्ठ
-
सह–कोषाध्यक्ष: खेमराज बोम्जन तामाङ
-
युवा संयोजक: दीपक कार्की
सदस्यहरू:
-
ईश्वर श्रेष्ठ
-
होमराज बान्था
-
मेघबहादुर तामाङ
-
सम्झना कुँवर
-
सुरेश राई
-
सौरभ जोती
-
प्रेमबहादुर तामाङ
-
शुसिल तामाङ
-
अम्बिका सारु
-
मङ्गल तामाङ
-
ससिराम कुँवर
-
प्रदिप भट्ट
-
शेखर बोम्जन
-
केशव खड्का
-
दामोदर ओली
-
प्रेम बिष्ट
-
संगीता गुरुङ
-
देवीका राई
-
शशिकला राई
-
अभय विक
-
विजय तामाङ
-
राजु बिसी
-
शर्मिला राई
-
गणेशबहादुर खड्का
-
प्रमोद भण्डारी
-
रञ्जु सिके
-
दुर्गेग राजवहाक
अधिवेशनले भविष्यमा एनआरएनए मलेसिया जोहोर क्षेत्रको समृद्धि र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यसमिति सदस्यहरूको स्वागत गरेको छ।
कार्यक्रमको प्रमुख विशेषताहरू:
-
सहायक राजदूत मोदिता बज्राचार्यको प्रमुख आतिथ्य
-
नयाँ कार्यसमिति चयन
-
निर्विरोध निर्वाचन प्रक्रिया
-
समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति
एनआरएनए मलेसिया जोहोरका आगामी योजनाहरू र कार्यक्रमहरू अझै चासो र उत्साहका साथ अघि बढ्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ।