पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र टोरोन्टोको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

everest kitchen

टोरोन्टो, क्यानडा – पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

संस्थाले कला, धर्म र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ। यसै सन्दर्भमा, नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नव-निर्वाचित कार्यसमिति (PNCCC 2025)

  • अध्यक्ष: निलकण्ठ पौडेल

  • सभापति: अरुणा पौड्याल

  • उप सभापति: बद्री तिमल्सिना

  • उपाध्यक्ष: सीता प्रसाई घिमिरे

  • मिडिया संयोजक: बालकृष्ण ढकाल

  • सह–सचिव: मोहन थापा

  • कोषाध्यक्ष: उमेश प्रधान

  • सह–कोषाध्यक्ष: रविन घिमिरे

बोर्ड सदस्यहरू:

  • रजनी तिवारी

  • लक्ष्मी जीसी थापा

  • विष्णु अर्याल

  • मदन बस्नेत

  • सुनिता कोइराला

PNCCC ले सम्पूर्ण क्यानडावासी नेपाली समुदायलाई “कला, धर्म र संस्कृति प्रवर्द्धनमा संगै हातेमालो गरौं” भन्ने आह्वानसमेत गरेको छ।

संस्थाको आगामी कार्यक्रमहरूमा समुदायको सक्रिय सहभागिता र सहकार्य अपेक्षित गरिएको छ।