फुकुओका नेपाल सोसाइटीको २८औं अधिवेशन सम्पन्न, दिपक बिक नयाँ अध्यक्ष चयन

everest kitchen

फुकुओका, जापान – फुकुओका नेपाल सोसाइटीको २८औं अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमार्फत श्री दिपक बिक सोसाइटीको नयाँ अध्यक्ष पदमा चयन हुनुभएको छ।

नयाँ कार्यसमिति गठनसँगै संस्थाले आगामी कार्यकाललाई अझ प्रभावकारी, समावेशी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस अवसरमा अध्यक्ष दिपक बी.क. लगायत सम्पूर्ण नव-निर्वाचित कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

संस्थाले जापानमा रहेका नेपालीहरूको एकता, सहकार्य र सांस्कृतिक जगेर्नाका लागि निरन्तर क्रियाशील भूमिका निभाउँदै आएको छ। नयाँ नेतृत्वमा सोसाइटीको यात्रा अझ सशक्त हुने विश्वास लिइएको छ।