कास्की पोखरा समाज जापान कान्साई क्षेत्रीय समितिको पहिलो अधिवेशन सम्पन्न, अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

everest kitchen

ओसाका, जापान – कास्की पोखरा समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट श्री अग्नि त्रिपाठीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

नव-निर्वाचित समितिलाई समाजका विभिन्न सदस्य तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
समाजले नयाँ नेतृत्वले संस्थालाई ऊर्जावान, समावेशी र समुदायमुखी बनाउँदै लैजाने पूर्ण विश्वास व्यक्त गरेको छ।

नव-निर्वाचित कार्यसमिति

अध्यक्ष (संयोजक): श्री अग्नि त्रिपाठी
उप–संयोजक: श्री दुर्गा मराशिनी
उप–संयोजक: श्रीमती अनिता त्रिपाठी
कोषाध्यक्ष: श्री प्रकाश भण्डारी
सह–कोषाध्यक्ष: श्री राजेश कोइराला
सचिव: श्री अभिनय आचार्य
सह–सचिव: (रिक्त)

सल्लाहकार समिति

• श्री तेज गुरुङ
• श्री तिलक के.सी.
• श्री लोक बहादुर विश्वकर्मा

खेलकुद संयोजक

• श्री ईश्वर थापा
• श्री नविन जंग के.सी.

कार्यसमिति सदस्यहरू

• श्री बीरबहादुर तामाङ
• श्रीमती सुनिता परियार
• श्री बसन्त बराल
• श्री सुमन सुबेदी
• श्रीमती सजना त्रिपाठी
• श्री कविराज बराल
• श्री सुनिल कोइराला
• श्रीमती निरूपा ठकुरी
• श्रीमती स्मृति बराल
• श्री बसन्त पौडेल
• श्री सबिन गुरुङ
• श्री अनिल अर्याल
• श्रीमती प्रबिना दाहाल
• श्री मदन श्रेष्ठ
• श्री विनोद आचार्य
• श्री सुशील भुजेल
• श्री बिक्की गुरुङ
• श्रीमती विनिता आचार्य

समाजप्रति प्रतिबद्धता

नयाँ समितिले जापानमा रहेका कास्की पोखराबासी तथा नेपाली समुदायका हितका लागि विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

समाजले जापानमा प्रवासी नेपालीबीच सम्पर्क, सद्भाव र सहयोगको सेतु निर्माण गर्दै नेपाली संस्कृति र पहिचान जगेर्नामा भूमिका खेल्दै आएको छ।