“सबै नेपालीको आवाज सुन्ने, समेट्ने र उठाउने नेतृत्व आवश्यक छ” – भानु खरेल
न्युयोर्क, अमेरिका –
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खरेलले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै एनआरएनएको प्रतिष्ठा पुनःस्थापना, विभाजित समूहहरूको एकता र संगठनलाई मूल लक्ष्यतर्फ फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “हामी सबै मिलेर एनआरएनएलाई पुनः ऊर्जाशील, समावेशी र विश्वसनीय बनाउनेछौं। सबैको आवाज सुन्ने र समेट्ने संस्था बनाउन म प्रतिबद्ध छु।”
समावेशी र उद्देश्यपरक नेतृत्वको प्रतिबद्धता
भानु खरेलले विगतमा विभिन्न सामाजिक, शैक्षिक र समुदायमूलक कार्यमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। अब, उनी एनआरएनए एनसीसी अमेरिकाको नेतृत्व लिएर एकता, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्यसंस्कृति स्थापना गर्न अग्रसर हुने घोषणा गरेका छन्।
उनले सदस्य तथा शुभेच्छुकहरूसँग अपिल गर्दै भनेका छन्: “हामी सबैको सहभागिता नै सफल नेतृत्वको आधार हो। तपाईंको मतले मात्र होइन, तपाईंको सहभागिताले संस्थाको दिशा तय गर्छ।”