मेलबर्न, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्य संयोजक पदका लागि महादेव धानुकले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। झण्डै १५ वर्षदेखि सामाजिक सेवा तथा नेतृत्वको क्षेत्रमा सक्रिय रहेका धानुक हाल NRNA Victoria मा डिपुटी कोअर्डिनेटरको जिम्मेवारी सम्हालिरहेका छन्।
उनले सामाजिक संजालमार्फत सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, “NRNA हामी सबैको साझा संस्था हो — कुनै एक व्यक्तिको होइन। अबको नेतृत्व समर्पित, समावेशी र सहकार्यमा आधारित हुन आवश्यक छ।”
पछिल्लो चार वर्षको अनुभव
-
२ वर्ष NRNA NCC सदस्य
-
हाल (२०२३–२०२५) कार्यकालमा डिपुटी कोअर्डिनेटर
महादेव धानुकले आफ्नो उम्मेदवारी अभियानलाई “सहकार्य, पारदर्शिता, जवाफदेहिता, समावेशिता र सामुदायिक सद्भाव” भन्ने मूलमन्त्रमा आधारित बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रमुख एजेन्डा र दृष्टिकोणहरू
-
नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने
-
विद्यार्थी र आपतकालीन अवस्थाका लागि सहयोग प्रणाली
-
सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिको सशक्तीकरण
-
सामुदायिक भवन निर्माणमा सहकार्य
-
खुला संवादमार्फत समुदायको आवाज सुन्ने
-
महिला, युवा र दोस्रो पुस्ताको नेतृत्व विकास
-
क्षेत्रीय भिक्टोरिया (Regional Victoria) सँग सहकार्य प्रवर्द्धन
-
नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण
-
शिक्षा, रोजगारी र मानसिक स्वास्थ्यका विषयमा जनचेतना
-
डिजिटल प्रविधिमार्फत सेवा पहुँच विस्तार
गैरआवासीय नेपाली सरोकारमा विशेष प्राथमिकता
-
NRN ID को विश्वसनीयता र प्रयोग विस्तार
-
द्वैध नागरिकताका लागि नेपाल सरकारसँग समन्वय र दबाब
-
नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि नीति संवाद
-
नयाँ पुस्तालाई समावेशी बनाउँदै नेपालको समृद्धिमा योगदान