एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) को उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानी) ले उम्मेदवारी घोषणा गरेका छन्।

समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले “स्थायित्व, रणनीति र सेवामूलक नेतृत्व” नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “म NRNA Australia मा पारदर्शिता, जवाफदेहिता र समावेशीतामा आधारित नेतृत्व स्थापना गर्न प्रतिबद्ध छु।”

प्रमुख प्राथमिकताहरू:

  • NRNA Australia भित्र पारदर्शी र उत्तरदायी प्रशासन सुनिश्चित गर्ने

  • संघीय (NCC) र राज्य स्तरका समिति (SCC) बीच सशक्त समन्वय र संवाद प्रवर्द्धन गर्ने

  • युवा, महिला र व्यवसायिक वर्गको समावेशी सहभागिता विस्तार गर्ने

  • संगठनात्मक अभिलेख, डेटा व्यवस्थापन तथा सदस्य सेवामा सुधार ल्याउने

  • ICC समक्ष नेपाली समुदायको आवाज बुलन्द गर्ने तथा नीति–स्तरीय पैरवी गर्ने

कुँवर कार्ययोजनामा समर्थन

सापकोटाले अध्यक्ष पदका प्रत्यासी श्री कुँवरको नेतृत्वमा प्रस्तुत गरिएको कार्ययोजनालाई पनि पूर्ण समर्थन जनाउँदै आफूले निम्न विषयहरूमा प्राथमिकता दिने उल्लेख गरेका छन्:

  • प्रवासी लगानी प्रवर्द्धन

  • NRNA Foundation मार्फत परोपकारी कार्यक्रम सञ्चालन

  • Second Generation Wing को प्रभावकारी सञ्चालन

  • नीति संवाद तथा बहुसांस्कृतिक सहकार्यमा सक्रियता

प्रवासी नेपाली समुदायप्रति सापकोटाको सन्देश: “NRNA Australia लाई समावेशी, सक्षम र भावी पुस्तामैत्री संगठन बनाउनु मेरो संकल्प हो। तपाईंहरूको समर्थनले हामी परिवर्तन सम्भव बनाउँछौं।”