पर्थ, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि पश्चिम अष्ट्रेलियाको नारी निकुञ्ज (Women’s Forum) अन्तर्गत महिला सदस्य पदमा स्वेच्छा खनाल (स्वेच्छा पौडेल) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
विदेशमा रहेर महिलाले भोग्ने चुनौती, संघर्ष र अवसरको प्रत्यक्ष अनुभव बोकेकी खनालले, आफू उम्मेदवार मात्र नभएर परिवर्तनको पक्षधरका रूपमा मैदानमा उत्रिएको बताइन्।
उम्मेदवारीको मूल सन्देश:
“म तपाईंहरूको केवल मत होइन, भरोसा, समर्थन, र महिलाको नेतृत्वमा विश्वास माग्न आएकी छु।”
स्वेच्छा खनालका प्रतिबद्धता:
– महिलाको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने, जसले निर्णय प्रक्रियामा सक्रिय र बराबरी सहभागिता सुनिश्चित गर्ने।
–विदेशमा रहेका नेपाली महिलाका लागि सहयोग र सशक्तिकरणमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, जसमा –
-
सीप विकास (Skill Development)
-
कानुनी परामर्श र जानकारी
-
मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना
-
आत्मबल वृद्धि (Empowerment) समावेश हुने
–समावेशी एकता र सहकार्यमा जोड, जहाँ जुनसुकै पृष्ठभूमिका महिला एक अर्कासँग जोडिन, सिक्न र सशक्त हुन सकून्।
महिला नेतृत्वका लागि आव्हान
खनालले भनिन्: “यो चुनाव पदको लागि मात्र होइन, सोचको परिवर्तनको लागि हो। महिलाहरूले नेतृत्व लिने समय अब आएको छ। NRNA मा हाम्रो आवाज सुन्ने र समेट्ने वातावरण निर्माण हाम्रो जिम्मेवारी हो।”
“म तपाईंहरूको विश्वासको योग्या बन्ने पूर्ण प्रयास गर्नेछु। तपाईंहरूको साथ, सल्लाह र समर्थनको हार्दिक अपेक्षा गर्दछु। आउनुहोस्, हामी सबै मिलेर समावेशी र महिलामैत्री NRNA निर्माण गरौं।”