पर्थ, अष्ट्रेलिया –
पश्चिम अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी शोभाखर खनालले गैरआवासीय नेपाली संघ (NRNA-WA) को State Council Committee (SCC) सदस्य पदका लागि २०२५–२०२७ कार्यकालको लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
सन् २०१६ मा अष्ट्रेलिया आएका खनाल तबदेखि नै पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय सदस्यका रूपमा कार्यरत छन्। सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, सामाजिक सेवा, तथा नेपाली डायस्पोराका विविध कार्यक्रमहरूमा स्वयंसेवकको रूपमा खटिँदै आएका उनले अब नेतृत्वको भूमिकाबाट अझ ठूलो योगदान दिने लक्ष्य लिएका छन्।
उनको प्रमुख एजेन्डा यसप्रकार छन्:
✅ पश्चिम अष्ट्रेलियामा रहेका नेपाली नागरिकहरूलाई भिसा स्थिति अनुसार आवश्यक सहयोग
✅ वाणिज्यदूत सेवा (Consular Services) मा पहुँच अभिवृद्धि
✅ नेपाली मन्दिर तथा सामुदायिक भवन स्थापनालाई निरन्तर सहयोग
✅ रोजगार, व्यवसाय र युवाहरूको सशक्तिकरण
✅ मानसिक स्वास्थ्य तथा घरेलु हिंसा सम्बन्धी सचेतना र सहयोग
✅ नेपाली संस्कृति संरक्षण तथा सामुदायिक आत्मीयता प्रवर्द्धन
✅ समावेशी, पारदर्शी र जवाफदेही नेतृत्व सुनिश्चित
✅ “नेपाली खाना तथा संस्कृति महोत्सव” को आयोजना — हाम्रो पहिचान तथा व्यवसाय प्रवर्द्धनका लागि
✅ खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिबाट आपसी एकता र भ्रातृत्व विस्तार