एनआरएनए महिला फोरम पश्चिम अष्ट्रेलियाको उप–संयोजक पदमा अञ्जु माया बि.सि. थापाको उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, अष्ट्रेलिया –
पश्चिम अष्ट्रेलियामा सक्रिय सामाजिक अभियन्ता अञ्जु माया बि.सि. थापाले गैरआवासीय नेपाली संघ (NRNA) महिला फोरम – पश्चिम अष्ट्रेलियाको उप–संयोजक (Deputy Coordinator) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्।

उनले एनआरएनएमार्फत नेपाली समुदायबीच एकता, सशक्तिकरण, र समावेशीतालाई अघि बढाउने उद्देश्यका साथ यो उम्मेदवारी ल्याएको स्पष्ट गरेकी छन्।

उनी भन्छिन्: “पश्चिम अष्ट्रेलियामा बसोबास गर्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सादर अनुरोध गर्दछु—हामी सबै हातेमालो गर्दै अगाडि बढौं। तपाईंहरूको साथ, विश्वास र सहभागिताले मात्र समृद्ध र एकीकृत नेपाली समुदाय सम्भव छ।”

सन्देशमा जोड:

  • नेपाली महिलाहरूको नेतृत्व, सशक्तिकरण र समावेशी भागीदारीलाई प्राथमिकता

  • एक–आपसमा सहकार्य गर्दै संस्कृतिको संरक्षण र भविष्यप्रति दृढ विश्वास

  • नयाँ पुस्तालाई प्रेरित गर्दै सशक्त समुदाय निर्माणमा अग्रसर हुने प्रतिबद्धता

अन्त्यमा उम्मेदवार अञ्जु माया बि.सि. थापाको आग्रह:

“हामी सबै मिलेर एक प्रेरणादायी, समर्पित र समावेशी एनआरएनए महिला फोरम निर्माण गरौं। म तपाईंहरूको विश्वास, समर्थन र अमूल्य मतको हार्दिक अपेक्षा गर्दछु।”