सिड्नी –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल २०२५–२०२७ का लागि State Deputy Youth Coordinator पदमा अनिल घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समुदायप्रति सम्मान, युवाको सक्रियता, र समावेशी नेतृत्वको विश्वासका साथ उम्मेदवारी दिएका घिमिरेले अनुभवी अग्रजहरूको सम्मान र नवपुस्ताको सहभागिताबाट NRNA NSW मा नयाँ ऊर्जा र पारदर्शिता ल्याउने दृढता व्यक्त गरेका छन्।
उनले सामाजिक संलग्नता, युवाको सीप विकास, प्रवासी नेपालीहरूको आवाज उठाउने कार्यमा निरन्तर अग्रसर रहने प्रतिवद्धता जनाएका छन्। घिमिरेले नेतृत्वको नाममा लोभ होइन, सेवाको भावना लिएर आफू र टिम अघि बढेको उल्लेख गरेका छन्।
उनको मुख्य सन्देश: “हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागिताबाट एक मजबुत डायस्पोरा निर्माण गर्ने हाम्रो लक्ष्य हो। समर्पण, पारदर्शिता र सहकार्यमा आधारित नेतृत्व नै हाम्रो मार्गदर्शन हो।”
अनिल घिमिरेले सम्पूर्ण न्यू साउथ वेल्समा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र आमा-बुबाहरूमाथि आभार प्रकट गर्दै मत, समर्थन र सुझावको हार्दिक अपेक्षा गरेका छन्।