पुष्प तामाङद्धारा NRNA WA को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

पश्चिम अष्ट्रेलिया, जुलाई ७, २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि पुष्प तामाङले कोषाध्यक्ष (State Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आफ्नो उम्मेदवारीको औपचारिक जानकारी दिंदै तामाङले भने, “आधा दशक भन्दा बढी समयदेखि अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै यहाँको नेपाली समुदायसँग नजिकको सम्बन्ध बनाउँदै आएको छु। NRNA भित्र रहेर समुदाय सेवा गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो।”

पुष्प तामाङ हालै सम्पन्न Nepal Festival Taskforce Committee NRNA Australia (२०२३–२०२५) मा सक्रिय सदस्यको रूपमा कार्यरत थिए। त्यहाँको अनुभवले उनलाई संस्थाको आन्तरिक संरचना र कार्यशैली बुझ्न मद्दत पुगेको उनले बताए।

उम्मेदवारी घोषणामा उनले आगामी योजनाहरू पनि स्पष्ट पारेका छन्। “यदि निर्वाचित भएमा म आर्थिक पारदर्शिता, जवाफदेहिता, विधि तथा कानूनी पालना, सामाजिक कल्याण कोषको व्यवस्थित सञ्चालन, कोष संकलन र स्रोत व्यवस्थापन लगायतका क्षेत्रमा दीर्घकालीन योजना ल्याउने छु,” तामाङले प्रतिबद्धता जनाए।

तामाङले सबै नेपाली समुदायसँग साथ, समर्थन र विश्वासको अपेक्षा राख्दै आफूलाई मतदान गरेर सफल गरिदिन आग्रह गरेका छन्।