रति प्रधानद्वारा NRNA WA युथ डेपुटी को-अर्डिनेटर पदमा उम्मेदवारी घोषणा

everest kitchen

पश्चिम अष्ट्रेलिया, जुलाई ७, २०२५ – आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया (WA) को युथ डेपुटी को-अर्डिनेटर पदमा रति प्रधानले उम्मेदवारी घोषणा गरेकी छन्।

समुदायप्रति कृतज्ञता र आशाका साथ उम्मेदवारी घोषणा गर्दै रति प्रधानले भनिन्, “समुदायको सेवा गर्नु केवल जिम्मेवारी होइन, मेरो जीवनको अभिन्न अङ्ग हो।”

पछिल्ला ४.५ वर्षदेखि NAWA (Nepalese Association of Western Australia) मा सेवा गर्दै आएकी प्रधान २०२३–२०२५ कार्यकालमा कार्यकारिणी सदस्यको रूपमा सक्रिय रहिन्। यस अवधिमा उनले समुदायका अवसर र चुनौतीहरूलाई नजिकबाट अवलोकन गरेकी छन्।

‘Team Samabeshi’ बाट उम्मेदवार रति प्रधानको प्रमुख प्राथमिकताहरू:

✅ विद्यार्थी तथा नयाँ आगन्तुकहरूलाई व्यावहारिक मार्गदर्शन र मेंटरशिप प्रदान गर्ने
✅ दूतावास सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्ने
✅ पशुपतिनाथ, बौद्धनाथ र कम्युनिटी सेन्टरका लागि निरन्तर सहयोग
✅ रोजगारी, स्थानीय व्यवसाय, महिला तथा युवाहरूलाई नेटवर्किङ र अवसरमार्फत सशक्त बनाउने
✅ मानसिक स्वास्थ्य तथा जीवनशैली सन्तुलनप्रति सचेतना फैलाउने
✅ नेपाली संस्कृति, कला र भाषा प्रवर्द्धन गर्ने
✅ समावेशी र पारदर्शी नेतृत्वको अभ्यास गर्ने
✅ नेपाली खानपान, कला र संस्कृतिको उत्सव आयोजना गर्ने
✅ खेलकुद र मनोरञ्जनद्वारा स्वास्थ्य, एकता र समुदाय सशक्त बनाउने

रति प्रधानले समुदायसँग एकताको भावना र गर्वका साथ आगामी भविष्य निर्माण गर्न सबैको साथ, समर्थन र अमूल्य मतको अपेक्षा राखेकी छन्।