पूर्व राष्ट्रिय खेलाडी अजय सुवालद्वारा NRNA WA युवा सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५
पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन तथा वर्तमानमा टेबल टेनिस वेस्टर्न अष्ट्रेलियाका स्टेट कोच अजय सुवालले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौंको गल्कोपाखा निवासी सुवाल सन् २०१५ अगस्ट २९ देखि पश्चिम अष्ट्रेलियामा स्थायी रूपमा बस्दै आएका छन्। उनी खेल, नेतृत्व, युवा सशक्तीकरण तथा नेपाली समुदायप्रतिको सेवा भावमा निरन्तर सक्रिय रहँदै आएका छन्।

सुवालको परिचय:

  • पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन – नेपाल

  • वर्तमान स्टेट कोच – टेबल टेनिस वेस्टर्न अष्ट्रेलिया

  • नेपाल प्रतिनिधित्व गर्दै सहभागी भएका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू:

    • दक्षिण एसियाली खेलकुद (SA Games) – काँस्य पदक विजेता

    • एसियाली खेलकुद – चीन र कोरिया

    • विश्व च्याम्पियनशिप – जापान र फ्रान्स

    • यूएस ओपन – अमेरिका

उम्मेदवारीका प्रमुख एजेण्डाहरू:

  • खेलकुद, नेतृत्व र सांस्कृतिक कार्यक्रममार्फत युवा सशक्तीकरण

  • मानसिक स्वास्थ्य, फिटनेसनेटवर्किङ आधारित कार्यक्रम

  • स्वयंसेवा र सामुदायिक सहभागितालाई प्रवर्द्धन

  • NRNA WA मा युवाहरूको आवाज सशक्त रूपमा प्रतिनिधित्व

  • नेपाली समुदायको एकता, पहिचान र समृद्धिका लागि सहकार्य

सुवालले समुदायलाई सम्बोधन गर्दै भने, “हामी मिलेर नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण गरौं र हाम्रो समुदायलाई अझ एकताबद्ध, समावेशी र गौरवपूर्ण बनाऔं।”