बिनोद उप्रेतिद्वारा NRNA ACT राज्य समन्वयक पदका लागि उम्मेदवारी घोषणा

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया – जुलाई ७, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) – अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि बिनोद उप्रेतिले राज्य समन्वयक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली समुदायमा लामो समयदेखि सेवा गर्दै आएका उप्रेतिले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “म गर्वका साथ राज्य समन्वयकको जिम्मेवारीका लागि अगाडि आएको छु। तपाईंहरूले दिएको विश्वास, सुझाव र प्रोत्साहन मेरो प्रेरणा बनेको छ।”

बिनोद उप्रेतिको नेतृत्व यात्रा:

  • राज्य कोषाध्यक्ष – NRNA ACT (२०२३–२०२५)

  • राष्ट्रिय समन्वय परिषद् सदस्य – NRNA ACT (२०२१–२०२३)

  • प्रवक्ता – धादिङ सोसाइटी अष्ट्रेलिया (२०२१–२०२३)

  • उपाध्यक्ष – इन्टरनेशनल धादिङ सोसाइटी (२०२३–२०२५)

यी भूमिकाहरूमा रहँदा उनले समुदायको गहिरो बुझाइ, जमीनी सदस्यहरूसँगको सम्बन्ध र नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि गरेको उल्लेख गरेका छन्।

उम्मेदवारीका प्रमुख प्रतिबद्धताहरू:

  1. NRNA ACT लाई सबै नेपालीको साझा मञ्च बनाउने

  2. पारदर्शिता, जवाफदेहिता र समावेशिता प्रवर्द्धन गर्ने

  3. महिला र युवाहरूको नेतृत्वमा अवसर सिर्जना गर्ने

  4. समयमै सहयोग, समन्वय र कार्यक्रम सञ्चालन गर्ने

  5. टिम-उन्मुख र पेशागत नेतृत्व संस्कृति विकास गर्ने

उप्रेतीले यस चुनावमा “Team Sanjeev Gorkhali Dhakal” को समर्थनमा उभिएको उल्लेख गर्दै भने, “धाकलको दूरदृष्टिपूर्ण नेतृत्व, युवाप्रति समर्पण र समुदायप्रतिको निष्ठा मैले नजिकबाट अनुभव गरेको छु। म यस टिममा पूर्ण विश्वास राख्दछु।”