अच्युत अर्याल निर्विरोध अध्यक्ष चयन – NRNA न्यूजिल्याण्डको नयाँ कार्यसमिति घोषणा

everest kitchen

अकल्याण्ड, न्यूजिल्याण्ड – जुलाई ७, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्विरोध चयन भएका छन्। आइतबार सम्पन्न अधिवेशनमार्फत २०२५–२०२७ कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो।

सन् २००८ देखि न्यूजिल्याण्डमा बसोबास गर्दै आएका अर्याल शिक्षण, अनुसन्धान र वातावरणीय सेवामा सक्रिय रहँदै आएका छन्। यस अघि पनि उनले विभिन्न सामाजिक र पेशागत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

कार्यसमितिमा निर्वाचित पदाधिकारीहरू

  • उपाध्यक्ष: टेकबहादुर गुरुङ र कृष्णप्रसाद भण्डारी

  • महासचिव: नरहरि बासेल – वैज्ञानिक

  • सचिव: सुरेश बुढा थापा र मिलन जिसी

  • कोषाध्यक्ष: सुलभ पौडेल – वैज्ञानिक

  • उपकोषाध्यक्ष: हरिओम सापकोटा

नवगठित कार्यसमितिका सदस्यहरू:

  • प्रक्षिश निरौला

  • सीमा थापा

  • उज्वल बास्ताकोटी

  • नमिता दवाडी

  • आशिक बाँस्तोला

  • दामोदर घिमिरे

  • रामचन्द्र अर्याल

  • सुरेश लामा

  • गोविन्दप्रसाद निरौला

नयाँ नेतृत्वले आगामी दुई वर्षको कार्यकालमा प्रवासी नेपालीहरूबीच एकता सुदृढ गर्ने, सामाजिक र पेशागत योगदान प्रवर्द्धन गर्ने, र NRNA लाई संस्थागत रूपमा अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

अध्यक्ष अच्युत अर्यालले आफ्नो चयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यो जिम्मेवारीलाई अवसरभन्दा पनि दायित्वको रूपमा लिएको छु। हामी सबै मिलेर समावेशी, पारदर्शी र समुदायमुखी संस्था निर्माण गर्नेछौं।”