किरण पण्डितद्वारा NRNA मेरील्यान्ड च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

बाल्टिमोर, अमेरिका – जुलाई ७, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) – मेरील्यान्ड च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि किरण पण्डितले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

बाल्टिमोरमा परिवारसहित बसोबास गर्दै आएका पण्डित विगत लामो समयदेखि NRNA मेरील्यान्ड च्याप्टरमार्फत सामाजिक सेवा र नेतृत्व भूमिकामा सक्रिय रहँदै आएका छन्।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “एकपटकको नेपाली सधैँको नेपाली हो। समाजसेवा गर्ने पवित्र उद्देश्यका साथ मैले यो उम्मेदवारी दिएको छु। तपाईँहरूको अमूल्य साथ, समर्थन र विश्वासले मलाई आगामी नेतृत्वदायी जिम्मेवारीमा पुग्न प्रेरणा मिल्नेछ।”

नेतृत्व अनुभव:

  • २०२१–२०२३: बोर्ड सदस्य – अध्यक्ष राजु पराजुलीको नेतृत्वमा

  • २०२३–२०२५: उपाध्यक्ष – अध्यक्ष कुल गुरुङको नेतृत्वमा

पण्डितले विगत दुई कार्यकालको अनुभव र समुदायप्रतिको निरन्तर समर्पणलाई आधार मानी मेरील्यान्ड च्याप्टरको अध्यक्ष पदमा आफ्नो स्वाभाविक दावेदारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणाको अन्त्यमा उनले सबैलाई सम्बोधन गर्दै भने, “आशा छ यहाँहरूले मलाई अमूल्य मतद्वारा विजय गराई, यो यात्रालाई सफल बनाउनु हुनेछ।”