पर्थ, अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि युवा सदस्य पदमा रितु प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समुदायमा सक्रिय र युवाप्रतिको विशेष समर्पणका साथ, प्रधानले आफूले पर्थमा रहँदै नेपाली संस्कृतिसँगको सम्बन्ध जोगाउँदै युवा पुस्ताको आवाज, नेतृत्व र सम्भावनाहरूलाई अगाडि ल्याउने प्रयास गर्दै आएको बताइन्।
“युवा भनेको केवल भविष्य होइन, अहिलेको सशक्त वर्तमान पनि हो,” रितु प्रधानले भनिन्, “हामीसँग रहेको ऊर्जा, नवीन सोच र समर्पणले समावेशी र सशक्त समुदाय निर्माण गर्न महत्वपूर्ण योगदान दिन सक्छ।”
उनको उम्मेदवारीका प्रमुख उद्देश्यहरू यसप्रकार छन्:
-
नवआगन्तुक विद्यार्थी र युवा सदस्यहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्ने
-
मानसिक स्वास्थ्य र समग्र कल्याणमा जोड दिँदै आत्मबल वृद्धि गर्ने
-
सीप विकास, नेतृत्व प्रशिक्षण र नेटवर्किङमार्फत युवालाई सशक्त बनाउने
-
नेपाली सांस्कृतिक विरासतलाई कला, खेलकुद, खाना र कार्यक्रममार्फत प्रवर्द्धन गर्ने
-
सबैको आवाज समेट्ने समावेशी र पारदर्शी नेतृत्व स्थापना गर्ने
रितु प्रधान “टिम समावेशी” सँग मिलेर अगाडि बढिरहेकी छन् र समुदायका सबै युवा सदस्यहरूको आवाज प्रतिनिधित्व गर्न इच्छुक रहेको बताउँछिन्।
“आजैदेखि परिवर्तन सुरु गर्न सकिन्छ। तपाईंहरूको साथ र मतको अपेक्षा राखेकी छु,” रितुले अन्त्यमा भनिन्।