मनोज बस्नेतद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को युवा सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, अस्ट्रेलिया – नेपाली समुदायका सक्रिय युवा सदस्य मनोज बस्नेतले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को युवा सदस्य पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

अस्ट्रेलिया आएदेखि नै उनले विभिन्न सामुदायिक कार्यक्रम, सांस्कृतिक उत्सव, तथा खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। पर्थलाई प्रतिनिधित्व गर्दै भलिबल, दौड, र पौडी प्रतियोगिताहरूमा सहभागी भई सफलता हात पार्दै नेपाली समुदायको नाम उच्च बनाएका छन्।

हाल मनोज बस्नेतले निम्न पदहरूमा सेवा दिइरहेका छन्:

  • कार्यकारी सदस्य – Volleyball Association of WA

  • अध्यक्ष – Team Tasty Mo:Mo Club Inc.

नेपालमै रहँदा स्थानीय तथा राष्ट्रिय खेलकुद आयोजनाहरूमा संलग्न हुँदै आएका बस्नेतले अस्ट्रेलियामा पनि युवाको सक्रियता, नेतृत्व र सहभागिता बढाउने अभियानलाई निरन्तरता दिँदै आएका छन्।

उनको प्रमुख एजेन्डाहरू:

  1. युवा सशक्तिकरण – खेलकुद, नेतृत्व, र सांस्कृतिक कार्यक्रममार्फत युवाको सहभागिता प्रवर्द्धन

  2. बलियो खेल संस्कृति निर्माण – युवा प्रतिभालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने

  3. मानसिक र शारीरिक स्वास्थ्य – फिटनेस, मानसिक स्वास्थ्य, र स्वस्थ जीवनशैलीका लागि कार्यक्रमहरू

  4. सामुदायिक संलग्नता – स्वयंसेवा र सामाजिक सहभागिता बढाउने

  5. युवा प्रतिनिधित्व – एनआरएनए भित्र युवाको आवाज बन्दै सशक्त भूमिका निर्वाह गर्ने

  6. एकता र पहिचान संरक्षण – नेपाली संस्कृति जगेर्ना गर्दै विविधतामा एकता प्रवर्द्धन गर्ने

“यो यात्रामा मेरो लागि यो पद मात्र होइन — यो एउटा अभियान हो: युवालाई प्रेरित गर्ने, समुदायलाई जोड्ने र सबैलाई सशक्त बनाउने,” बस्नेतले बताए।

अन्तमा उनले भने, “इमानदारी, ऊर्जा र समर्पणका साथ म तपाईंहरूको विश्वास र समर्थन लिएर नेपाली समुदाय र युवाहरूको लागि काम गर्न तयार छु।