पर्थ, अस्ट्रेलिया – काठमाडौं, नेपालमा जन्मिएकी र हाल पश्चिम अस्ट्रेलियामा सक्रिय रूपमा नेपाली समुदायको सेवा गरिरहेकी दिपिका श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
“काम बोलोस्, शब्द होइन” भन्ने सिद्धान्तमा विश्वास गर्ने डिपिका श्रेष्ठ एक जोशिला, निडर र परिणाममुखी नेतृत्वकर्ता हुन्। सामुदायिक सेवा, महिलाको सशक्तिकरण र सामाजिक उत्तरदायित्वमा उनले विगतदेखि निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएकी छन्।
नेतृत्व र सामुदायिक सहभागिता:
-
कार्यकारी सदस्य – Kiwanis Club of Perth (Kiwanis International)
▪️ बालबालिकाको स्वास्थ्यका लागि फण्डरेजिङ (जस्तै: Heart Kids, Wheelchairs for Kids)
▪️ च्यारिटी कार्यक्रम र सेवा अभियानहरू आयोजना -
स्वयंसेवक – JALTAN (Japanese Language Teachers Association Nepal)
▪️ सांस्कृतिक समन्वय र कार्यक्रम व्यवस्थापनमा दक्षता
▪️ अन्तर्राष्ट्रिय शिक्षा र भाषा आदानप्रदानमा प्रवर्द्धन -
सक्रिय सदस्य – नारी निकुञ्ज महिला मञ्च, NRNA WA (२०२४–२०२५)
▪️ महिलाको अधिकार, समानता, र नेतृत्वमा वकालत
▪️ समुदायको समावेशी विकासमा जडान र सहभागिता
डिपिका श्रेष्ठ भन्छिन्, “म यहाँ प्रतिनिधित्व गर्न मात्र होइन, सशक्त बनाउन आएको हुँ। मेरो लक्ष्य स्पष्ट छ — महिलाको मुक्ति, बालबालिकाको भलाइ र समुदायको एकता।”