पर्थ, अष्ट्रेलिया – पछिल्लो ९ वर्षदेखि पर्थलाई आफ्नो कर्मभूमि बनाई सामाजिक जीवन व्यतित गर्दै आएका कमल ओलीले आगामी गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया राज्य समन्वय परिषद् (SCC) निर्वाचन (२०२५–२०२७) का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कमल ओली पछिल्लो २ वर्षदेखि एनआरएनए पश्चिम अष्ट्रेलियामा युवा सदस्यको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्दै आएका छन्। यस अवधिमा उनले एनआरएनए तथा विभिन्न स्थानीय संघसंस्थाहरूले सञ्चालन गरेका सामाजिक, आर्थिक र भावनात्मक रूपमा सहयोग पुर्याउने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएका छन्।
उनी भन्छन्, “पर्थबासी नेपाली समाजप्रतिको मेरो अनुभव र ज्ञानलाई अब औपचारिक रूपमा अझ विस्तार गरी, नेपाली समुदायमा सेवा गर्ने हेतुले यो उम्मेदवारी घोषणा गरेको हुँ।”
प्रमुख प्रतिबद्धता:
-
नेपाली समुदायभित्र सहकार्य, सहभागिता र आत्मीयताको भावना विस्तार गर्ने
-
युवा पुस्ताको सशक्तिकरण र नेतृत्व विकासमा जोड दिने
-
पर्थको नेपाली समुदायलाई एकीकृत, समृद्ध र समावेशी बनाउने लक्ष्य
कमल ओलीले अन्त्यमा सम्पूर्ण पर्थबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दै भनेका छन्: “मेरो यो उम्मेदवारीलाई तपाईंहरूको साथ र समर्थनको आवश्यकता छ। आशा छ — तपाईंहरू सबैको साथ, सदैव रहनेछ।”