डार्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रियाशा नेपालले इतिहास रचेकी छन्। उनी यो पदमा उम्मेदवारी दिने एनआरएनए एनटीकै पहिलो महिला उम्मेदवार हुन्।
“यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, यो हाम्रो समग्र समुदायका लागि समावेशिता, लैङ्गिक प्रतिनिधित्व र प्रगतिशील नेतृत्वतर्फको साझा पाइला हो,” प्रियाशाले भनिन्।
प्रियाशाको अनुभव र यात्रा:
-
महिला सदस्य (२०२१–२०२३) – NRNA NT
-
महिला संयोजक (२०२३–२०२५) – NRNA NT
यी भूमिकाहरूमा रही उनले:
-महिलाको सशक्तिकरणका पहलहरू नेतृत्व र समर्थन गरिन्
-विविध सामुदायिक कार्यक्रम तथा छलफलहरू आयोजना गरिन्
-सहकार्यमा आधारित सम्बन्ध र सञ्जाल निर्माण गरिन्
उनको अनुशासन, प्रतिबद्धता र समन्वय क्षमताले सचिवको भूमिका प्रभावकारी रूपमा सम्हाल्न सक्षम बनाएको छ।
प्रियाशाको सचिवको रूपमा कार्यदृष्टि (२०२५–२०२७):
✅ पारदर्शी र शुद्ध अभिलेख व्यवस्थापन
✅ महिला तथा युवाको सहभागिता प्रवर्द्धन
✅ सबै समितिहरूलाई दक्ष प्रशासनिक सहयोग
✅ संस्थागत निरन्तरता र अभिलेख संरक्षण
✅ समुदायमुखी सोचसहित सहकार्यमा आधारित नेतृत्व
प्रियाशाले सबै एनटी तथा अष्ट्रेलियाभरिका नेपाली समुदायलाई सम्वोधन गर्दै भनिन्: “हामी सबै मिलेर एनटी समुदायलाई अझ सशक्त बनाउने, र राज्य तथा राष्ट्रस्तरीय सहकार्यलाई थप मजबुत बनाउने दिशामा अघि बढ्नुपर्छ।“