रत्ना गौतमद्वारा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया – प्रवासमा नेपाली महिला सशक्तीकरणको अभियानमा लामो समयदेखि समर्पित रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि राष्ट्रिय महिला संयोजक (National Women Coordinator) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

पछिल्ला १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी गौतम हाल Deputy Women Coordinator को रूपमा कार्यरत छन्। यो जिम्मेवारीसहित उनले विगतमा महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, र नेतृत्व विकासमा केन्द्रित धेरै कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छन्।

अनुभव र योगदान:

  • महिला हक, अवसर र प्रतिनिधित्वमा बलियो आवाज

  • नेपाली संस्कृति र पहिचानलाई प्रवासमा जगेर्ना गर्ने सक्रिय भूमिका

  • अष्ट्रेलियास्थित नेपाली महिला समुदायलाई एकजुट बनाउने निरन्तर प्रयास

  • थुप्रै महिलाहरूलाई नेतृत्व र आत्मनिर्भरता तर्फ प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन

रत्ना गौतम भन्छिन्: “मेरो उम्मेदवारी केवल पदको लागि होइन, सेवा र परिवर्तनको लागि हो।

यदि तपाईंहरूको विश्वास र साथ पाएँ भने, म विश्वभर रहेका नेपाली महिलाहरूलाई एकआपसमा सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जालमार्फत जोड्न प्रतिबद्ध रहनेछु।”