पर्थ, अस्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया शाखाको आगामी २०२५–२०२७ कार्यकालका लागि युवा सदस्य (Youth Member) पदमा अनिश थापाले उम्मेदवारी घोषणा गरेका छन्।
विगत ७ वर्षदेखि पर्थमा रहेर नेपाली समुदायको सक्रिय सेवामा संलग्न अनिशले आफ्नो अनुभव र प्रतिबद्धताका आधारमा समुदायलाई अझ प्रभावकारी सेवा दिन यो उम्मेदवारी दिएको बताए। उनले सामाजिक, सांस्कृतिक र युवा सशक्तीकरणका क्षेत्रमा काम गर्दै आइरहेको उल्लेख गर्दै, आगामी कार्यकालमा थप नयाँ योजनाहरू ल्याउने आशा व्यक्त गरेका छन्।
उनले आफ्नो मुख्य एजेन्डा निम्नानुसार राखेका छन्:
-
खेलकुद कार्यक्रममार्फत समुदायमा एकता र सहकार्य प्रवर्द्धन गर्ने
-
नेपाली भाषा, संस्कृति र कला संरक्षणमा विशेष जोड दिने
-
सामाजिक सहयोग तथा आपत्कालीन सहयोगका लागि सशक्त संयन्त्र स्थापना गर्ने
-
पर्थ नेपाली मन्दिर र सामुदायिक केन्द्रको पूर्ण समर्थन गर्ने
-
युवा उद्यमशीलता प्रवर्द्धन गर्दै व्यवसायिक नेटवर्किङ कार्यक्रम सञ्चालन गर्ने
-
महिला र युवालाई नेतृत्व र सीप विकासका अवसर उपलब्ध गराउने
-
सबै कार्यक्रमहरूमा पारदर्शिता र जवाफदेहीपन सुनिश्चित गर्ने
-
नवआगन्तुक विद्यार्थीहरूलाई सहजता र सहयोगका लागि समन्वय गर्ने
अनिशले समुदायभित्र एकता र समृद्धिका लागि आफ्नो पुरा प्रयास गरिने प्रतिबद्धता जनाएका छन्। उनले सबै नेपाली समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन्।
उनी आगामी जुलाई २६ मा हुन लागेको एनआरएनए पश्चिम अस्ट्रेलिया निर्वाचनमा युवा सदस्य पदका लागि प्रतिस्पर्धा गर्नेछन्।