पर्थ, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको निर्वाचनमा सन्तोष थापाले NRNA – पश्चिम अष्ट्रेलिया (WA) अन्तर्गत युवा संयोजक (Youth Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पश्चिम अष्ट्रेलियामा क्रियाशील रहँदै आएका थापा “म र मेरो टिम” अभियानमार्फत समुदायमा सकारात्मक रूपान्तरण ल्याउने अठोटका साथ मैदानमा उत्रिएका हुन्।
उनको अभियानका प्रमुख प्रतिबद्धताहरू यस प्रकार छन्:
अभियानका मुख्य एजेन्डा:
-
🤝 खेलकुदमार्फत समुदाय जोड्ने
सबै उमेर समूहका लागि खेलकुद कार्यक्रमहरू आयोजना गरी नेपाली समुदायमा सहकार्य र एकताको भावना विकास। -
🎭 नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धन
नयाँ पुस्तालाई आफ्नो पहिचानसंग जोड्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम र भाषा कक्षा सञ्चालन। -
🆘 सामाजिक सहयोग तथा आपतकालीन सहायता
आवश्यक परेका सदस्यहरूलाई छिटो र प्रभावकारी सहयोग उपलब्ध गराउने संयन्त्रको स्थापना। -
🕉️ पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रमा साथ
“हाम्रो आस्थाको प्रतीक” मन्दिर निर्माण अभियानमा पूर्ण सहयोग र योगदान। -
💼 स्टार्टअप र साना व्यवसाय प्रवर्द्धन
नेपाली उद्यमीहरूलाई प्रोत्साहन, सहकार्य र स्रोत उपलब्ध गराउने पहल। -
👩💻 महिला तथा युवा सशक्तीकरण
समावेशी कार्यक्रममार्फत नेतृत्व विकास, सीप अभिवृद्धि र सशक्तीकरण। -
📈 संस्थागत सुशासन र पारदर्शिता
आर्थिक कारोबार र संस्थागत गतिविधिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित। -
👨🎓 विद्यार्थी सहायता कार्यक्रम
NAWA र अन्य संस्थासँग सहकार्य गर्दै Student Help Desk लाई प्रभावकारी रूपमा सञ्चालन, नयाँ विद्यार्थीलाई आवश्यक जानकारी, सहयोग र परामर्श उपलब्ध। -
🗺️ दीर्घकालीन योजना र भविष्यको खाका
समुदायको आवश्यकतालाई ध्यानमा राखी NRNA WA योजना २०२५–२०२७ अन्तर्गत दीर्घकालीन योजना निर्माण र कार्यान्वयन।
सन्तोष थापाले समुदायको विश्वास, समर्थन र सल्लाहको अपेक्षा गर्दै भनेका छन्: “आउनुहोस्, हामी सबै मिलेर अझ बलियो र सशक्त नेपाली समुदाय निर्माण गरौँ।”